Like us!
Follow us!

थप २७१ जनामा संक्रमण पुष्टि, २२५ जना निको

थप २७१ जनामा संक्रमण पुष्टि, २२५ जना निको

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप २ सय ७१ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ जनाको कोरोना परीक्षण भएकोमा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार १ सय ५७ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा २ सय ५१ जना र १ हजार ७ सय २९ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा २ सय २५ जना निको भएर घर पर्किएका छन् भने १ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ५ सय ८६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल ४ हजार ९ सय ३१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।