Like us!
Follow us!

नबिल बैंकसहित यी हुन् सोमबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नबिल बैंकसहित यी हुन् सोमबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा झरेको छ ।

गिरावट आएको बजारमा आज पनि नबिल बैंक लिमिटेडकै सर्वाधिक कारोबार भएको छ । आज बैंकको ३० करोड ६० लाख ९९ हजार २ सय २ रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिन पनि बिल बैंक लिमिटेडकै सर्वाधि कारोबार भएको थियो । 

त्यस्तै, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी लिमिटेड, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । 

 

61c98f8c2fc08.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।