Like us!
Follow us!

घटेको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

घटेको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा झरेको छ ।

गिरावट आएको बजारमा आज जोशी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले घटेर ३ सय रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : घलेम्दी हाइड्रो, सानिमा जनर इन्स्योरेन्स, जानकी फाइनान्स, गुडविल फाइनान्स, पाँचथर पावर कम्पनी, नेपाल फाइनान्स लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स, युनाइटेड इदीमर्दी आरबि हाइड्रोपावर र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । 

61c98c789dd30.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।