लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचकमा गिरावट आउँदा सबै उपसमूहहरु राताम्मै देखिएका छन् । बजार घट्दा आज नबिल बैंक कारोबार रकममा अब्बल देखिएको छ । आज बैंकको ३० करोड ६० लाख ९९ हजार २ सय २ रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिन पनि बिल बैंक लिमिटेडकै सर्वाधि कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा झरेको छ । नेप्से २.६९ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १०.८५ अंकले घटेर ४७१.८९ विन्दुमा झरेको छ ।
कूल २३८ वटा कम्पनीको १ करोड २ लाख ९२ हजार २ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६ सय ७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै नन लाइफ इन्स्योरेन्स समूहको सेयर घटेको छ ।
सोमबार गोर्खाज फानान्स र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ । आज यी कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै आज जोशी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले घटेर ३ सय रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
हेर्नुहोस् आजको तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।