Like us!
Follow us!

डेढ घण्टादेखि प्रचण्ड बोलेको बोल्यै

डेढ घण्टादेखि प्रचण्ड बोलेको बोल्यै

लगानी खबर, काठमाडाैँ - नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । 

एक घण्टा ३० मिनेटभन्दा बढी समयदेखि प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । उनले वैचारिक तथा राजनीतिक दस्तावेजको चार भाग प्रस्तुत गरिरहेका छन् । 

आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।