लगानी खबर, काठमाडौं - महुलि लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक सेयरमा आवेदन दिने म्याद थप भएको छ ।
संस्थाले ३ हजार ५ सय कित्ता सेयर पौष ४ गतेदेखी ११ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो । संस्थाले पन: ७ दिन म्याद थप गरेकाले पौष १८ गते सम्म आवेदन दिन सकिने भएको छ । उक्त सेयर न्यूनतम मूल्य प्रतिकित्ता ७ सय ३५ रुपैयाँ तोकिएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।