Like us!
Follow us!

जोशी हाइड्रोपावरले बोलायो संयुक्त साधारण सभा, के-के छन् एजेन्डा ?

जोशी हाइड्रोपावरले बोलायो  संयुक्त साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले संयुक्त साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो (पौष ११ गते आइतबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको पांचौं, छैठौं र सातौं वार्षिक साधारण सभा माघ ३ गते, (सोमबार) ल्यान्डमार्क हल, दरवारमार्ग काठमडौंमा बिहान ११:३० बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने, आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गरिने छ । 

त्यस्तै, कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको मनोनयन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

61c9492f602b6.jpg

61c9493413a55.jpg

61c9493896d60.jpg
61c9493de556b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।