Like us!
Follow us!

लाभांश पारित गर्न हिमालयन बैंकले बोलायो साधारण सभा

लाभांश पारित गर्न हिमालयन बैंकले बोलायो साधारण सभा

लगानी खबर, काठमाडौं - हिमालयन बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

बैंकको हिजो (पौष ९ गते शुक्रबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको २९ औं वार्षिक साधारण सभा पौष ३० गते, (शुक्रबार) हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंबाट भर्चुअल माध्यममार्फत बिहान ११:०० बजेबाट सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६२ प्रतिशत नगद गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । 

त्यस्तै, बैंकले साधारण सभा प्रयोजनका लागि पौष ११ गते देखि ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । नेप्सेमा हाल यस बैंकको कारोबार रोक्का रहेको छ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।