Like us!
Follow us!

मल्टीपर्पस फाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

मल्टीपर्पस फाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो (पौष ८ गते बिहीबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको २४ औं वार्षिक साधारण सभा पौष ३० गते, (शुक्रबार) कम्पनीको केन्द्रीय कार्यालय, नेता चौक, राजविराजमा दिउँसो १:०० बजेबाट सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । 

त्यस्तै, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस् :

61c7f9eec1265.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।