Like us!
Follow us!

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको लाभांश कति ?

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको लाभांश कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । 

१. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १२ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज पाैष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंककाे चाैबीसाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार हाेटल हार्दिक, बागबजार, काठमाडाैँबाट भर्चुअल माध्यममार्फत् बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको मंसिर १४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ  ।

२. महुली लघुवित्त वित्तीय संस्था लिमिटेड 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १२ गते, साेमबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज पाैष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाकाे नवाैँ वार्षिक साधारण सभा पाैष २४ गते, शनिबार, संस्थाकाे केन्द्रिय कार्यालय, महुली, सप्तरीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे कार्तिक १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

३. विजय लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १२ गते, साेमबारदेखि पाैष २४ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज पाैष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाकाे नवाैँ वार्षिक साधारण सभा पाैष २४ गते, शनिबार, गैँडाकाेट रिसाेर्ट, नवलपरासीमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे कार्तिक २९ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।