लगानी खबर, काठमाडौं - नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको हिजो (पौष ८ गते बिहीबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको ३७ औं वार्षिक साधारण सभा पौष ३० गते, (शुक्रबार) केन्द्रिय कार्यलय तिनधारा, काठमौडौमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४० प्रतिशत नगद लाभांश गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।
त्यसैगरी, नबिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाम्न गाभिन (मर्जर गर्न वा प्राप्ति एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्यांकनका लागि मुल्याकनकर्ता नियुक्त गर्न, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने बिशेष प्रस्ताव समेत सभामा पारित गरिने छ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।