Like us!
Follow us!

छ्याङदी हाइड्रोले बोलायो साधारण सभा, हकप्रद निष्कासन मुख्य एजेन्डा

छ्याङदी हाइड्रोले बोलायो साधारण सभा, हकप्रद निष्कासन मुख्य एजेन्डा

लगानी खबर, काठमाडौं - छ्याङदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो (पौष ८ गते बिहीबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको ८ औं वार्षिक साधारण सभा पौष ३० गते, (शुक्रबार) कम्पनीको केन्द्रीय कार्यालय, गैह्रीधारा, काठमाडौँमा भर्चुअल माध्यम मार्फत सुरु हुनेछ ।

सभामा सभामा ३० प्रतिशत हकप्रद सेयर बिक्री पश्चात् कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव पारित गरिने छ । 

त्यस्तै,, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।  

सूचना हेर्नुहोस्  :

 

61c572747046a.jpg 61c5727dbe330.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।