Like us!
Follow us!

सिभिल बैंकद्धारा साधारण सभा आह्वान, यी प्रस्ताव पारित गरिने

सिभिल बैंकद्धारा साधारण सभा आह्वान, यी प्रस्ताव पारित गरिने

लगानी खबर, काठमाडौं - सिभिल बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो (पौष ८ गते बिहीबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको ११ औं वार्षिक साधारण सभा पौष ३० गते, (शुक्रबार) आम्रापाली ब्याङ्केट, बालुवाटार काठमाडौंबाट बिहान ११:०० बजेबाट र्चुअल माध्यममार्फत सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै, सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १९ गते (सोमबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस्  :

61c569864bd8f.jpg 61c56989e42ca.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।