Like us!
Follow us!

लाभांश पारित गर्न जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो (पौष ८ गते बिहीबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको ११ औं वार्षिक साधारण सभा पौष ३० गते, (शुक्रबार) होटल न्यू ईरा, बुटवल उप-महानगरपालिका वडा नं.९, कालिकापथ, रुपन्देहीमा बिहान ११:०० बजेबाट सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद लाभांश गरी कूल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस् :

 

61c55dfb837b0.jpg 61c55dfd8ac62.jpg 61c55dff677cb.jpg 61c55e0152fbd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।