Like us!
Follow us!

लाभांश घोषणा गर्दै कालिका पावरले डाक्यो साधारण सभा

लाभांश घोषणा गर्दै कालिका पावरले डाक्यो साधारण सभा

लगानी खबर, काठमाडौं - कालिका पावर कम्पनी लिमिटेडले लाभांश घोषणा सहित वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ नगद सहित १५.७८९५ लाभांश वितरणको प्रस्ताव गरेको छ । साथै बैठकले कम्पनीको गत आर्थिक बर्षको वार्षिक साधारणसभा पुस ३० गते कम्पनीको रजिष्टार्ड कार्यालय भक्तपुर १० चितवनमा बिहान ११ बजे हुँदैछ । 

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनुका साथै लेखापरिक्षण प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा, नोक्सान हिसाव र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 

कम्पनीले वार्षिक साधारणसभा तथम लाभांश प्रयोजनको लागि पुस १९ गतेदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस १८ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहोस्  :

61c52253266de.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।