Like us!
Follow us!

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

लगानी खबर, काठमाडौं - आज (शुक्रबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । 

आज ज्योति विकास बैंक, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समयोजन भएको हो । 

ज्योति विकास बैंकको ११ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ३ रूपैयाँ १५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४ सय ४७ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको २१.५० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ५३ रूपैयाँ ५० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ८० रुपैयाँ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.७० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ३८ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ७ सय २० रुपैयाँ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।