Like us!
Follow us!

लक्ष्मी बैंकको साधारण सभा सम्पन्न

लक्ष्मी बैंकको साधारण सभा सम्पन्न

लगानी खबर, काठमाडौं लक्ष्मी बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारण सभा आज (पौष ८ गते) काठमाडौंमा सम्पन्न भएको हो । 

सभामा बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५५ करोड पुगेको छ । 

त्यस्तै, साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । 

आ.व. २०७७/७८ मा रु ११७ अर्ब निक्षेप र रु १०८ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु १५२ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।