Like us!
Follow us!

पोखरा फाइनान्सले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

पोखरा फाइनान्सले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लगानी खबर, काठमाडौं - पोखरा फाइनान्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको आज (पौष ८ गते बिहीबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको २५ औं वार्षिक साधारण सभा पौष ३० गते, (शुक्रबार) हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते देखि ३० गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस् :

61c45061dc94b.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।