Like us!
Follow us!

समाज लघुवित्तद्धारा साधारण सभा आह्वान

समाज लघुवित्तद्धारा साधारण सभा आह्वान

लगानी खबर, काठमाडौं - समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । 

संस्थाको पौष ७ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको चौंथो वार्षिक साधारण सभा पौष २९ गते, (बिहीबार) हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २० गते देखि २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १९ गते (सोमबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।  

सूचना हेर्नुहोस् :

61c4356aa7b72.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।