Like us!
Follow us!

१०.५२ प्रतिशत लाभांश पारित गर्न गुहेश्वरी मर्चेन्ट बैंकिङ्गद्धारा साधारण सभा आह्वान

१०.५२ प्रतिशत लाभांश पारित गर्न गुहेश्वरी मर्चेन्ट बैंकिङ्गद्धारा साधारण सभा आह्वान

लगानी खबर, काठमाडौं - गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको पौष ७ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको २० औं वार्षिक साधारण सभा पौष २९ गते, (बिहीबार) गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११:०० बजेदेखि सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २१ गते (बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस् :

61c42f68a95f6.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।