Like us!
Follow us!

सामुदायिक लघुवित्तले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

सामुदायिक लघुवित्तले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

लगानी खबर, काठमाडौं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

संस्थाको पौष ७ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको ८ औं वार्षिक साधारण सभा पौष २९ गते, (बिहीबार) हिमाल दृश्य रिसोर्ट, बनेपा ६, भ्यू टावर मार्ग काभ्रेपलाञ्चोकमा बिहान ९:०० बजेदेखि सुरु हुनेछ ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते (बुधबार) बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।  

सूचना हेर्नुहोस् :

61c41d4076d99.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।