Like us!
Follow us!

मिथिला लघुवित्तले बोलायो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

मिथिला लघुवित्तले बोलायो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । 

संस्थाको पौष ७ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको १३ औं वार्षिक साधारण सभा पौष २९ गते, (बिहीबार) न्यू बौवा होटेल एण्ड गेष्ट हाउसको सभा हल, मिथिला नगरपालिका १०, लालमगढ, धनुषामा बिहान ११:०० बजेदेखि सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७८९५ प्रतिशत नगद गरी कूल २६.३१५७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १८ गते (आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस् :

61c4153024a5c.png 61c415339051a.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।