Like us!
Follow us!

कृषि विकास बैंकद्धारा साधारण सभा आह्वान, के-के छन् एजेन्डा ?

कृषि विकास बैंकद्धारा साधारण सभा आह्वान, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं कृषि विकास बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

बैंकको पौष ७ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको १५ औं वार्षिक साधारण सभा पौष २९ गते, (बिहीबार) बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११:०० बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १६ गते देखि २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस् :

61c4084ce1478.jpg

61c4085115d91.jpg

61c408558fb6c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।