Like us!
Follow us!

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लगानी खबर, काठमाडौं - श्री इन्भेष्टमेन्ट एण्डा फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको पौष ७ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको २७ औं वार्षिक साधारण सभा पौष २९ गते, (बिहीबार) श्री इन्भेष्टमेन्ट एण्डा फाइनान्स कम्पनी लिमिटेडको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११:०० बजेबाट सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २१ गते (बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस् :

61c4074459bb3.png 61c40747a946e.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।