Like us!
Follow us!

लाभांश पारित गर्न मन्जुश्री फाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न मन्जुश्री फाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - मन्जुश्री फाइनान्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

संस्थाको पौष ७ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको १४ औं वार्षिक साधारण सभा पौष २९ गते, (बिहीबार) मन्जुश्री फाइनान्स लिमिटेड, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११:०० बजेबाट सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कूल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १४ गते (बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस् :

61c401f332d8e.png 61c401f57779f.png 61c401f811cdd.png 61c401faa4df5.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।