लगानी खबर, काठमाडौं - मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा बोलाएको छ ।
संस्थाको पौष ६ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार बैंकको १६ औं वार्षिक साधारण सभा पौष २८ गते, (बुधबार) सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा बिहान ११:०० बाट सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।
त्यस्तै, सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्ष्यको आ. व २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ अषाढ मसान्त सम्मको वासलात, २०७७ श्रावण १ गते देखि २०७८ अषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण पारित गरिने छ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १४ गते देखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १३ गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।