लगानी खबर, काठमाडौं - पाँचथर पावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ ।
संस्थाको पौष ४ गते (सोमबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको छैठौँ वार्षिक साधारण सभा पौष २८ गते, (बुधबार) कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यममार्फत् बिहान ११:०० बजेबाट सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, लेखा परीक्षणको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुमाथी छलफल तथा स्वीकृत गर्ने र आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षकको नियूक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गरिने छ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १३ गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।