Like us!
Follow us!

आरएमडीसी लघुवित्तले बोलायो साधारण सभा, यी प्रस्ताव पारित हुने

आरएमडीसी लघुवित्तले बोलायो साधारण सभा, यी प्रस्ताव पारित हुने

लगानी खबर, काठमाडौं - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । 

संस्थाको पौष ५ गते (सोमबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार संस्थाको २३ औं वार्षिक साधारण सभा पौष ३० गते (शुक्रबार) अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ स् ०० बजेबाट सुरु हुनेछ । 

सभामा सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट २३ औं वार्षिक साधारण सभामा प्रस्तुत आ.व २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफलगरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्त सम्मको वासलात, आ.व २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधीको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरुको आ.व २०७७/७८ को वित्तीय विवरण उपर छलफलगरी पारित गरिने छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस् :


 

61c2ce67e831a.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।