लगानी खबर, काठमाडौं - गुडविल फाइनान्स लिमिटेडले साधारण सभा बोलाएको छ ।
फाइनान्सको पौष ६ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार फाइनान्सको २७ औं वार्षिक साधारण सभा पौष २९ गते (बिहीबार) होडल क्राउन इम्पेरियल, रबिभवन काठमाडौंमा बिहान ११:३० बजेबाट सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १६ गते देखि २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।