लगानी खबर, काठमाडौं - चन्द्रागिरि हिल्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको पौष ५ गते (सोमबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको १२ औं वार्षिक साधारण सभा पौष २९ गते (बिहीबार) चन्द्रागिरि हिल्स लिमिटेडको कार्यालय, थानकोट टप स्टेशन परिसरमा बिहान ११:०० बजेबाट सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत बाह्रौं वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ. व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गरिने छ ।
त्यस्तै, आ. व २०७७/७८ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने, सर्बसाधारण सेयरधनीबाट एकजना सञ्चालकको निर्वाचन गर्ने, चन्द्रागिरि हिल्स लिमिटेडको प्रवन्धपत्रको दफा ४ (१)मा कम्पनीको उद्धेश्यमा थप गरी संसोधन गर्ने र उक्त संसोधनमा नियामक निकायबाट सुझाव वा निर्देशन भएमा सो बमोजिम आवश्यक संसाधन वा परिमार्जनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिने छ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।