Like us!
Follow us!

हिमालयन डिष्टिलरीले गर्यो आकर्षक लाभांश घोषणा, बोनस कति ?

हिमालयन डिष्टिलरीले गर्यो आकर्षक लाभांश घोषणा, बोनस कति ?

लगानी खबर, काठमाडौं - हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । 

पुस ६ गते मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले  शेयरधनीलाई ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

कम्पनीले पुस २८ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा साधारणसभा आह्वान गरेको छ । त्यस्तै, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहोस् :

 

61c2ad7000a13.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।