Like us!
Follow us!

अब फेरि निजी ल्याबको रिपोर्टले कोरोना बिमाको भुक्तानी पाइने

अब फेरि निजी ल्याबको रिपोर्टले कोरोना बिमाको भुक्तानी पाइने

लगानी खबर, काठमाडौँ - अब फेरि निजी ल्याबमा गरेको परीक्षणबाट काेराेना पोजेटिभ देखिएमा दाबी भुक्तानी पाइने भएकाे छ ।

बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ तथा कोरोना (COVID-19) बीमालेख संशोधन गर्दै बीमा कम्पनीहरुलाई निजी ल्याबमा गरेको परीक्षणबाट पोजेटिभ देखिएमा पनि दाबी भुक्तानी गर्न निर्देशन दिएको हाे ।

यसअघि, समितिले केही निजी ल्याबहरुले बदमासी गरेर नेगेटिभ देखिएका बिरामीहरुलाई पनि पोजेटिभ भएको भन्दै रिपोर्ट बुझाएर भुक्तानी दाबी गरेको बताउँदै निजी ल्याबबाट कोरोना परीक्षण गरिएको पीसीआर रिपोर्टलाई आधार मानेर दाबी भुक्तानी नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियाे ।

बीमा समितिले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f5f1d6a0c302.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।