Like us!
Follow us!

श्री कृष्ण सेक्युरिटिजद्धारा साधारण सभा आह्वान, यस्ता छन् पारित हुने एजेन्डा

श्री कृष्ण सेक्युरिटिजद्धारा साधारण सभा आह्वान, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौं - श्री कृष्ण सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर २८)ले साधारण सभा बोलाएको छ । 

संस्थाको पौष ४ गते (आइतबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार संस्थाको २६ औं वार्षिक साधारण सभा पौष २७ गते (मंगलबार) कम्पनीको केन्द्रीय कार्यालय डिल्लिबजार काठमाडौंमा बिहान ११:०० बजेबाट सुरु हुनेछ । 

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल १५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ । 

त्यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्ष्यले प्रस्तुत गर्ने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी परित गर्ने, २०७७/७८ को कम्पनीको लेखापरीक्षकले आ.व २०७७/७८ को लेखापरीक्षण गरेको वासलात नाफा नोक्सान हिसाव किताव तथा नगद प्रवाह विवरण तथा लेखापरीक्षक प्रतिवेदन उपर छलफल गरी पारित गरिने छ । 

त्यसैगरी, कम्पनीको आ. व २०७८/७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियु्रक्त गरी निजको पारिश्रमिक निर्धारण गरिने छ । 

सूचना हेर्नुहोस् :

61c187cea5ffc.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।