Like us!
Follow us!

इन्फिनिटी लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

इन्फिनिटी लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लगानी खबर, काठमाडौं - इन्फिनिटी लघुवित्तल वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

संस्थाको पौष ५ गते (सोमबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको पाचौं वार्षिक साधारण सभा पौष २७ गते (मंगलबार) होटल द नारायणी गैंडाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बिहान १०:०० बाट सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी कूल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू (अनुसूचीहरू समेत) छलफल गरी पारित गरिने छ । 

त्यसैगरी, संस्थाले साधारण सभा प्रयोजनका लागि पौष १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १४ गते (बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहोस् :

61c1741a9b15a.png 61c1741d50094.png 61c1741f2ddf7.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।