Like us!
Follow us!

युनियन हाइड्रोपावरद्धारा साधारण सभा आह्वान, यी प्रस्ताव पारित गरिने

युनियन हाइड्रोपावरद्धारा साधारण सभा आह्वान, यी प्रस्ताव पारित गरिने

लगानी खबर, काठमाडौं - युनियन हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । 

हाइड्रोपावरको पौष ५ गते (सोमबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको १५ औं वार्षिक साधारण सभा पौष २७ गते (मंगलबार) ललितपुर–३, धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल (जुम एप) मार्फत बिहान ११ः०० बजे देखि सुरु हुनेछ । 

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, लेखा परीक्षणको प्रतिवेदन सहित आ.व.२०७७/०७८ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु माथी छलफल तथा स्वीकृत गरिने छ । 

त्यस्तै, आ.व.२०७८/०७९ को लागि लेखापरिक्षकको नियूक्ति तथा निजको पारिश्रमिक निर्धारण गरिने, प्रबन्ध संचालकको नियुक्ती र पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरिने छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग सक्नेछन् ।

सूचना हेर्नुहोस् :

61c16d43c1730.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।