Like us!
Follow us!

पञ्चकन्या माई हाइड्रोपावरले बोलायो तीन वर्षको साधारण सभा, के-के छन् एजेन्डा ?

पञ्चकन्या माई हाइड्रोपावरले बोलायो तीन वर्षको साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

हाइड्रोपावरको पौष ५ गते (सोमबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार हाइड्रोको चौंथो, पाँचौं र छैठौं वार्षिक साधारण सभा पौष २८ गते (बुधबार) कुपण्डोल ब्याङ्क्वेट कुपण्डोल, ललितपुर र विद्युतिय भर्चुअल माध्यम जुम एप मार्फत बिहान ११:०० बजेबाट सुरुहुनेछ ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा आ. व २०७५/७६, २०७६/७७, २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने छलफल तथा स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ. व २०७५/७६, २०७६/७७, २०७७/७८ को वित्तीय विवरणहरु उपर छलफलगरी पारित गरिने छ । 

त्यस्तै, लेखापरीक्षण समितिको सिफरिस अनुसार आ. व २०७८/८९ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना (महिला समेत) सञ्चालकको निर्वाचन वा मनोनयन गर्ने लगायतका प्रस्तावहरु पारित गरित गरिने छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १९ गते (सोमबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग सक्नेछन् ।

सूचना हेर्नुहोस् :

61c1650862904.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।