Like us!
Follow us!

गोर्खाज फाइनान्ससहित यी हुन् सर्वाधिक सेयर मूल्य बढ्ने १० कम्पनी

गोर्खाज फाइनान्ससहित यी हुन् सर्वाधिक सेयर मूल्य बढ्ने १० कम्पनी

लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ ।

सोमबार गोर्खाज फाइनान्स र हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ । आज गोर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार १५ रुपैयाँ ३०  पैसामा अन्तिम कारोबार भएको छ, त्यस्तै हिमालयन डिस्टिलरी लिमिटेडको १० प्रतिशतले बढेर ६ हजार २ सय ३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज यी दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : कृषि विकास बैंक, महुली सामुदायिक लघुवित्त, शिवश्री हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, उन्नति सहकार्य लघुवित्त, लाईफ इन्योरेन्स कम्पनी नेपाल, जीवन विकास लघुवित्त र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । 

61c0581df358d.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।