लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ ।
दोहोरो अंकले घटेको बजारमा आज गोर्खाज फाइनान्स लिमिटेडले सबैभन्दा धेरै कारोबार गरेको छ । आज फाइनान्सको १९ करोड २७ लाख १० हजार ६ सय ५१ रूपैयाँको कारोबार भएको छ ।
त्यस्तै सर्वाधिक सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : हिमालयन डिस्टिलरी लिमिटेड, कृषि विकास बैंक, नबिल बैंक, मञ्जुश्री फाइनान्स, नेशनल हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी, नेपाल टेलिकम र महालक्ष्मी विकास बैंक लिमिटेड रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।