लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ ।
घटेको बजारमा आज माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ६.१७ प्रतिशतले घटेर १ हजार १५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : नारायणी डेभलपमेन्ट बैंक, मैलुङ खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, समृद्धि फाइनान्स, लिवर्टी एनर्जी कम्पनी, छ्याङदी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, एनआसी एशिया सेलेक्ट फण्ड ३० र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।