Like us!
Follow us!

बोटलर्स नेपालले (तराई)ले बोलायो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

बोटलर्स नेपालले (तराई)ले बोलायो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौं - बोटलर्स नेपाल (तराई) लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीको मंसिर १४ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको ३५ औं वार्षिक साधारण सभा पौष २८ गते (बुधबार) होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा बिहान ११:०० बजे बाट सुरु हुनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, २०७८ असार ३१ गते सम्मको वासलात, आय विवरण, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, आर्थि वर्ष २०७८/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती गर्ने र निजको परिश्रमिक स्वीकृत गर्ने, एकजना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका एजेन्डाहरु पारित गरिने छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते देखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग सक्नेछन् । 

सूचना हेर्नुहोस् :

61c027492deee.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।