लगानी खबर, काठमाडौं - बोटलर्स नेपाल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको मंसिर १४ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको ४३ औं वार्षिक साधारण सभा पौष २८ गते (बुधबार) होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा दिउँसो ४:०० बाट सुरु हुनेछ ।
सभामा एकिकृत वित्तीय विवरण, २०७८ असार ३१ गते सम्मको वासलात, आय विवरण, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, आ.व २०७८/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती गर्ने र निजको परिश्रमिक स्वीकृत गरिने छ ।
त्यस्तै, आ.व २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, प्रवन्ध सञ्चालकको पारिश्रमिक तथा अन्य सुविधा उपर छलफलगरी पारित गर्ने, एकजना स्वतन्त्र सञ्चालक र एकजना सर्वसाधारणको प्रतिनिधित्व गर्ने सञ्चालकको नियुकक्ती गरिने छ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते देखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग सक्नेछन् ।
सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।