Like us!
Follow us!

उन्नति सहकार्य लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

उन्नति सहकार्य लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ  ।

सस्थाको पौष ३ गते (शनिबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार संस्थाको ७ औं वार्षिक साधारण सभा पौष २८ गते (बुधबार) होटल मौर्या सि.नं.पा १३ रुपन्देही भैरहवामा ११:०० बजेबार सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व २०७७/७८ को प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमा छलफल गरी पारित गरिने छ ।

त्यस्तै संस्थाले साधारण सभा प्रयोजनका लागि पौष १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १३ गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहोस् :


 

61c010fb5b282.png 61c010ff2cf82.png 61c0110179972.png 61c0110509092.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।