Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन

लगानी खबर, काठमाडौं - आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । 

आज हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समयोजन भएको हो । 

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ४८ रूपैयाँ ३३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य २ सय ६८ रुपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

 

त्यस्तै, साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ७६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ४ सय ७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।