Like us!
Follow us!

एनसीसी बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

एनसीसी बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

बैंकको पौैष २ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार बैंकको २४ औं वार्षिक साधारण सभा पौष २९ गते (बिहीबार) होटल हार्दिक, बागबजार काठमाण्डौंबाट भर्चुअल माध्यममार्फत् बिहान ११:०० बाट सुरुहुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गरिने छ ।

त्यस्तै संस्थाले साधारण सभा प्रयोजनका लागि पौष १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ११ गते (आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहोस् :

 

 

61beed62d45fb.png 61beed65ec154.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।