Like us!
Follow us!

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेलपमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेलपमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमाडौं - एनआरएन इन्फा्रस्ट्रक्चर एण्ड डेलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको हिजो पौष २ गते, (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

त्यस्तै, कम्पनीको ९ औं वार्षिक साधारण सभा पौष २९ गते हुने भएको छ । उक्त साधारण प्रायोनका लागि कम्पनीले पौष १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।  त्यसैले, पौष १४ गते (बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहोस् :

 

61bedfbdac081.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।