Like us!
Follow us!

लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

बैंकको पौैष २ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार बैंकको २० औं वार्षिक साधारण सभा पौष २५ गते (आइतबार) आर्मी अफिसर्स क्लब भद्रकाली टुडिखेल, काठमाडौंमा बिहान ११:०० बजेबाट सुरुहनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै, अध्यक्षको मन्तब्यसहित २० औं वार्षिक साधारण सभा (आ.व २०७७/७८) प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, आ. व. २०७८/७९ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यस्तै संस्थाले साधारण सभा प्रयोजनका लागि पौष १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १२ गते (सोमबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहोस् :

 

61bef255c6400.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।