Like us!
Follow us!

निर्धन उत्थान लघुवित्तले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

निर्धन उत्थान लघुवित्तले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

संस्थाको पौैष १ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार संस्थाको २३ औं वार्षिक साधारण सभा पौष २५ गते (आइतबार) निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय नक्साल भगवतीबहालमा दिउँसो १:०० बजेबाट सुरुहुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरिने छ ।

त्यस्तै, आर्थि वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ अषाढ मसान्तको वासलात आ.व २०७७/७८ को नाफानोक्सान हिसाव तथा सोही अवधीको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गरिने छ । 

त्यस्तै संस्थाले साधारण सभा प्रयोजनका लागि पौष १३ गते देखि २५ गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १२ गते (सोमबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहोस् :

 

 

61beda8b7b7df.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।