Like us!
Follow us!

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

लगानी खबर काठमाडौं - नेप्सेमा आज (आइतबार) तीन कम्पनीहरुको सेयर मूल्य समायोजन भएको छ । आज सनराईज बैंक, मनकामना स्मार्ट लघुवित्त र प्रभु बैंकका सेयर मूल्य समायोजन भएको हो ।

सनराईज बैंकको ६.६५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ५४ रूपैयाँ १० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य २ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


प्रभु बैंकको १२ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ९४ रूपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ३ सय ३० रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।


मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ३ सय ३३ रूपैयाँ ३३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ५ सय ६० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।