Like us!
Follow us!

समीट लघुवित्तद्धारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

समीट लघुवित्तद्धारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

संस्थाको हिजो पौष १ गते (बिहीबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार संस्थाको १३ औं वार्षिक सधारण सभा पौष २४ गते (शनिबार) आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँबुखैरेनी ३, तनहुँमा बिहान १०:०० बजेदेखि सुरुहुनेछ । 
 
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५.२८५३१६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।

त्यस्तै, अध्यक्षको मन्तव्यसहितको आर्थिक वर्ष २०७७/७८को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण एवम्  लेखा सम्बन्धी नीतिहरु सहितको तत् सम्बन्धी अनुसूचिहरु उपर छलफलगरी पारित गरिने छ । 

त्यसैगरी, संस्थाले साधारण सभा प्रयोजनका लागि पौष १५ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १४ गते (बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहोस् :

 

61bc2fc5389c6.png 61bc2fc8d5e47.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।