Like us!
Follow us!

विजय लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

विजय लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लगानी खबर, काठमाडौं - विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो पुस १ गते (बिहीबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको नवौं वार्षिक सधारण सभा पुस २४ गते (शनिबार) गैडाकोट रिसोर्ट, गैडाकोट ५, पवलपरासी (बर्दाघाट सुस्ता पूर्व)मा बिहान ११:३० बजेदेखि सुरुहुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०६ प्रतिशत नगद गरी कुल २१.९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरिने छ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफलगरी पारित गरिने छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १२ गते देखि २४ गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ११ गते (आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहोस् :

 

61bc1f5e3851d.png 61bc1f5fa3da9.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।